+44(0) 1234 567 890 info@domainname.com

Wednesday, June 1, 2016

Toilet habits to your health condition states READ MORE NEWS

5:16 AM

Share it Please
पेट स्वस्थ छ भने मानिस पनि स्वस्थ भएको मानिन्छ । पेटको स्वास्थ्यका बारेमा कुनै पनि व्यक्तिको शौचालय जाने बानीबाट अन्दाज लगाउन सकिन्छ । संसारमा कतै पनि त्यस्तो निश्चित नियम छैन कि दिनमा केवल एकपटकमात्र ट्वाइलेट जानुपर्छ । धेरै मानिसहरु दिनमा एकपटकभन्दा बढी शौचालय जान्छन् । जतिपटक शौचालय गएपनि स्वास्थ्य समस्या छैन भने चिन्ता लिनु जरुरी छैन ।
यदि तपाईं दिसा बस्ने समय निश्चित गर्नुहुन्छ या नियमित छ भने तपाईंको पाचन क्षमता राम्रो भएको मानिन्छ । यद्यपि नियमित छैन भने पनि चिन्ता लिनु जरुरी छैन । दिनमा कुनै पनि बेला ट्वाइलेट जान सक्नुहुन्छ । उठ्नेबित्तिकै ट्वाइलेट गएर दिसा बस्नैपर्छ भन्ने छैन, दबाब दिएर दिसा बस्नुहुन्न । यदि उठेर केही घुम्नु डुल्नुहुन्छ भने दिसाका लागि दबाब बन्न सक्छ ।
खाना खाएपछि ट्वाइलेट जानु सधैं अस्वस्थताको चिन्ह हुँदैंन । तर यसको अर्थ तपाईंको पाचन क्षमता राम्रो नै छ भन्ने पनि हुँदैंन । यस्तो अवस्थामा पाचन प्रणाली राम्ररी विकास नभएको मानिन्छ । यस्तो अक्सर बालबालिकामा हुन्छ । बच्चाहरु खाना खाएपछि तत्काल ट्वाइलेट जान्छन् ।
कतिपय मानिसहरु चिया कफी पिएपछि मात्र शौचालय जान्छन् । यो सत्य हो । चिया–कफी ट्वाइलेट जान र फ्रेस हुन मद्धत गर्छन् । चिया कफीमा पाइने क्याफिनले दिसालाई नरम बनाउछ, यसबाट मलद्वारलाई दबाब पर्छ र मानिसर्ला दिसा बस्न मन लाग्छ ।
यस्तै, महिनावारीको समयमा महिलालाई एकभन्दा बढीपटक ट्वाइलेट जान मन लाग्ने हुन्छ । पिरियडमा प्रोस्टेग्ल्यान्ड हर्मोन निस्कने भएकाले यस्तो हुन्छ । यो हर्मोनले गर्भाशयको सक्रियतालाई बढाउँछ र दिसालाई दबाब दिन्छ । जसको परिणाम पटक पटक ट्वाइलेट जानुपर्ने हुन्छ ।

0 comments:

Post a Comment