नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकर बिमल घर्तीमगर काठमाडौं ओर्लिएका छन् । अकस्मात बहिनीको निधन भएपछि बिमल बेल्जियमबाट फर्किएका हुन् ।
उनी काठमाडौं आए लगत्तै सिधै बहिनीको शव राखिएको टिचिङ अस्पताल पुगेका छन् ।
विमल बहिनीको शव हेर्न शिक्षण अस्पताल महाराजगन्ज पुगेका हुन्। खुट्टाको उपचार गर्न बेल्जियम पुगेका घर्तिमगर बहिनीको शंकास्पद मृत्युपछि आज बिहान ९ बजेर ३० मिनेटमा काठमाडौं आइपुगेका थिए । उनी त्रिभुवन विमानस्थलबाट सिधै शिक्षण अस्पताल पुगेका हुन् ।
उनी त्रिभुवन विमानस्थलमा ओर्लिँदा निन्याउरो मुख देखिन्थ्यो । कतार एयरबाट बिहान ९-३० मा काठमाडौं ओर्लिएका बिमललाई कतार विमानस्थलमा भने उनका एक नेपाली युवकले सेल्फी लिएको समेत देखिएको छ । कतारको विमानस्थलमा विमलसँग सेल्फी लिने समवेदनाहिन युवक नेपाली नै हुन् ।
आफूलाई नेपाली फुटवल प्रेमी बताउने गरेका एलिस खड्काले शोकमा रहेका बिमलप्रति असंवेदनशील हुँदै उनले विमलको अनिच्छामा सेल्फी खिचेको प्रष्ट देखिन्छ ।
एलिस खड्काले मलिन अनुहारमा रहेका बिमलसँग सेल्फी खिचेर फेसबुकमा सार्वजनिक गरेका छन् ।
एलिसको फेसबुकमा यस अघि पनि बिमलसँगको तस्विर देखिन्छ तर उनले शोकमा रहेको बेला पनि मन नलागी मन नलागी सेल्फी खिचिरहेको पछिल्लो तस्विरले प्रष्ट पारेको छ ।
खुट्टाको उपचारका लागि बेल्जियममा रहेका उनी बहिनीको रहस्यमय मृत्युपछि नेपाल फर्किएका हुन् ।
बिमलकी बहिनी मनीषा घर्ती बुधबार राति नवलपरासी बर्दघाटस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन् । उनको आत्महत्या हो वा हत्या भन्ने विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
विमल घर्ती बेल्जियम भएको बेला उनको घरमा के के भयो
0 comments:
Post a Comment